महिला हिंसाविरुद्ध सचेतना

सुर्खेत । अन्तराष्ट्रिय महिला हिंसाविरुद्धको १६ दिने अभियानको क्रममा वीरेन्द्रनगरमा विभिन्न सचेतनामुलक कार्यक्रम आयोजना गरी मनाइएको छ । नोवेम्बर २५ अर्थात शनिबारदेखि सुरु भएको अभियान अन्तर्गत आवाज संस्था, वीरेन्द्रनगर नगरपालिका वडा नम्बर २, भुरेली टोल विकास संस्था र कृष्ण शेयर बचत तथा ऋण सहकारी संस्थाको संयूक्त आयोजनामा सचेतनामुलक कार्यक्रम गरी मनाइएको हो ।




अभियानको पहिलो दिन वीरेन्द्रनगर नगरपालिका वडा नम्बर २ को फलाटे टोलमा किशोर किशोरीको ¥यालीसहित प्रभात फेरी, दोस्रो दिन विद्यालयका बालबालिकाहरुसँग लैङ्गिक हिंसाका बारेमा छलफल गरिएको थियो भने, अभियानको तेस्रो दिन आज ¥यालीसहित विभिन्न सचेतनामुलक कार्यक्रम गरिएको थियो ।

तपाईको प्रतिक्रिया