सुर्खेत । दैलेखमा ढेडो पकाएको भड्डुले प्रहार गरेर एक महिलाले श्रीमानको हत्या गरेकी छन्। नौमूले गाउँपालिका–४ कालिका गाउँकी ३५ वर्षीया सीता योगीले श्रीमान ३८ वर्षीय भीमबहादुर योगीको हत्या गरेकी हुन्।
प्रत्यक्षदर्शीले प्रहरीलाई जानकारी दिए अनुसार विवादहुँदा पहिले श्रीमानले हात छोडेपछि ढेडो पकाएको भड्डुले सीताले हानेर घाइते बनाएकी थिइन्। त्यसपछि पनि श्रीमान भीमबहादुरलाई सीताले दाउराले पनि टाँउकोमा हानेकी थिइन्।
अत्याधिक रगत बगेर श्रीमान्को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए।


श्रीमतीको पनि मुखमा निलडाम रहेको डीएसपी लम्सालको भनाइ छ। प्रहरीले राति नै शव दैलेख अस्पताल पुर्याएको र सीतालाई पक्राउ गरिसकेको छ।
श्रीमान–श्रीमतिले मदिरा सेवन गरेका कारण विवाद उत्पन्न भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

नेपाल कर्म । ११ मंसिर २०८०, सोमबार ०९:१५