समाज परिवर्तनमा महिलाको भूमिका र चुनौती

महिला अथवा नारी। घर, समाजलाई रुपान्तरण गर्न मातृवात्सल्यले भरिपूर्ण हुन्छिन्। दयाभाव कि खानि हुन्छिन्। आफ्नो ब्यातिगत सम्पुर्ण खुशी, इच्छा र चाहनालाई त्यागेर घर परिवार र समाजको लागि बाँच्न सक्छिन्।



अनेक दुःख कष्ट सहेर पनि आफ्नो घर परिवारको खुशीमा आनन्दित हुन्छिन्। आफ्नो भूमिका निर्वाह गर्दै समाजमा आईपर्ने हरेक काम अनि आफ्नो सामाजिक जिम्मेवारी, अफिस, साथीभाइ, इष्टमित्र सबैका लागि गर्नुपर्ने कर्तव्यहरू पनि पूरा गर्छिन्।

यी सबै जिम्मेवारी पूरा गर्ने क्रममा महिलाले आफ्ना सन्तानकोको लागि पहिलेदेखि नै अशल शिक्षा ज्ञानबर्दक कुराहरू सिकाउने, उनीहरूलाई आत्मनिर्भर हुनसक्ने ज्ञान दिने, आफ्नो काम आफैँ गर्न सिकाउने, सत्यको बाटो लाग्न प्रेरणा दिने। यसो गर्दा भविष्यमा निष्ठावान कर्णधार देशका लागि तयार हुन्छन्। देशमा हत्या हिंसा र बलात्कारका घटनाहरू कम हुन्छन्। अनि सच्चा देशभक्त नागरिक राष्ट्र र जनताको सेवा लागि तयार हुन्छन्।

अहिलेको अवस्था हेर्दा युवा जमातको स्थिति भयावह छ। सानैदेखि कुलतको बाटोहरू धूम्रपान तथा मध्यपान सेवनहरू मोबाइल फोन कम्प्युटर, टेलिभिजनमा रमाएर बसेका छन्। समाजको रितीरिवाज संस्कारबाट टाढिँदै गएका छन्। हामीले पनि उनीहरुको माग पुरा गर्दै गएका छौँ।

अलिकति पनि हामीले बच्चाको भविश्यलाई ख्याल गरेका छैनौँ। यसमा ध्यान दिएर आफ्ना बच्चाहरूलाई सक्षम हुने वातावरण बनाएर समाजमा घुलमिल हुन सिकाऊँ। अरूको दुःखमा साथ दिन सिकाऊँ। किनकी बच्चाको पहिलो पाठशाला घर र त्यसमा पनि आमा नै हुन्।

सभ्य संस्कार र सभ्य समाजनिर्माण आफ्नै घरबाट सुरु गरौँ। अनि आफूले जानेको कुरा छरछिमेक र समाजमा पनि सिकाऊँ। सचेत र न्यायको पक्षमा आन्दोलित हुन प्रोत्साहन गरौं। समयलाई सदुपयोग गरि आत्मनिर्भर हुन उत्पादनमा जोडिन लगाउन सकिन्छ भन्ने कुराको जानकारी दियौं भने अलिकति समाजमा पनि राम्रो प्रभाव पर्छ।

हामी यस्तो कर्म गरौं जसको प्रभाव छिमेकी र समाजमा परोस्। हामीले गरेको कर्म नै अरुका लागि प्रेरणाको स्रोत बनोस्। कर्म आफ्ना लागि गर्ने हो सही र सक्षम कर्मले नै हामीलाई अघि बढाउँछ। हामीले आफ्ना सन्ततिलाई दिएको ज्ञान पनि लिन्छन्। अन्याय अत्याचार समाजमा भए गरेका विकृतिकोविरुद्ध लड्न सक्ने युवा जनशक्ति बनाऊँ।

इमानदारीपूर्वक कर्तव्यनिष्ठ भइ काम गर्न प्रोत्साहन गरौं। आफू पनि सही मार्गमा हिँडी अरुलाई पनि हिँड्न भनौं। महिलाले पनि समाजमा परिवर्तन गर्न सक्छन भन्ने कुराहरूको सन्देश दिन आत्मनिर्भर हुन आवश्यक छ।

अहिले महिलाले गर्न नसकेको काम कुन चाँहि छ र? हरेक क्षेत्रमा महिलाको पहुँच पुग्न जरुरी छ। यदि जिम्मेवारी आयो भने आफ्नो काम जिम्मेवारीपूर्वक बहन गरेकै छन्। घरको चुलो चौकोदेखि लिएर बाहिर राजनैतिक जिम्मेवारीका कामदेखि देशको नेतृत्वसम्म सम्हाल्न सक्षम छन्। यदि समाज र राज्यले त्यो जिम्मेवरी दिन खोज्छ भने हिम्मतका साथ पूरा गर्न सक्दछन्।

महिलाले गरेको घरेलु कामबाट पनि आर्थिक रुपले सबल बनाउन सकिन्छ। पशुपालनदेखि तरकारी लिएर खेतिपाती सबैमा महिलाको उपस्थिति रहन्छ। यसले घरको आर्थिक अवस्था त मजबुत हुन्छ नै। अदृश्य रुपमा गरिएको महिलाको मेहनतले देशको अर्थतन्त्रमा टेवा पुगेको हुन्छ। भविष्यको कर्णधार निर्माण गर्ने क्रममा महिलाहरुको पनि प्रमुख भूमिका हुन्छ। आजका डाक्टर, इन्जिनियर, पाइलट अनि देशका नेता बनाउने काममा पनि महिलाको सहभागिता रहेको हुन्छ।

यिनीहरुबाटै देशको वर्तमान र भविष्य निर्धारण हुन्छ।

आजका दिनमा पनि हाम्रो समाज पृतिसतात्मक सोचमा ग्रसित छ महिला भएकै कारण कुनै जिम्मेवारी पद प्रतिस्ठामा जान कसैको साहारा र कसैसँग जोडियर जानुपर्ने अवस्थालाई आफू उत्पादनमा जोडियर आफू सक्षम भएर आफ्नो क्षमताको बिकास गरेर अगाडी बड्दा चुनौतिको सामना गर्न कसैले रोक्न सक्दैन्।

समाजमा रहेका अन्याय, अत्याचार कुरीतिहरू छोरी–बुहारी बीचको भेदभाव, छोरा–छोरी बीचको भेदभाव हटाउँन पनि महिलाले महत्वपूर्ण भूमिका खेल्न सक्दछन्।

अन्त्यमा महिलाको मुक्तिको लागि महिला नै जागृत भएर अगाडि बढनु जरुरी छ। महिलामाथि हुने जुनसुकै अन्याय, अत्याचार वा भेदभावकाविरुद्ध संगठित भएर नै त्यसको अन्त्य गर्न सकिन्छ। सब्य समाज निर्माण गर्न महिला पनि सक्षम छन र अझ आफ्नो जिम्मेवारी कुसलता पूर्वक निर्वाह गर्न आफू आत्मनिर्भर हुन आवश्यक छ।

(लेखक इन्द्राकुमारी कार्की राष्ट्रिय युवा संघ, नेपालकी केन्द्रीय सदस्य हुन्।)

तपाईको प्रतिक्रिया