काठमाडौँ । नेकपा एमाले ताप्लेजुङ जिल्ला कमिटीले पार्टीका सचिव एवं प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराई सवार गाडीमा गरिएको ढुंगामुढाको निन्दा गर्दै संलग्नलाई कारबाही गर्न सरकारसँग माग गरेको छ।
आइतबार गृहजिल्ला ताप्लेजुङमा आयोजित विभिन्न चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रम सकेर काठमाडौँ फर्कने क्रममा ताप्लेजुङको सदरमुकाम फुङलिङको बसपार्कनजिकै भट्टराई सवार गाडीमा एक समूहले ढुंगामुढा गरेको थियो।

एमाले ताप्लेजुङ जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष सन्तोष खड्काले जारी गरेको विज्ञप्तिमा आतंकित, अवान्छित र अमर्यादित क्रियाकलाप गर्ने अराजक समूहलाई तत्काल नियन्त्रणमा लिई कडाभन्दा कडा कानुनी कारबाही गर्न नेपाल सरकार, स्थानीय प्रशासनसमक्ष माग गरिएको छ।


नेपाल कर्म । ११ मंसिर २०८०, सोमबार ०८:२६