जाजरकोटका भूकम्प पीडितलाई राहत रकम हस्तान्त्रण

सुर्खेत । जाजरकोटका आठ जना भूकम्प पीडितलाई राहत रकम हस्तान्त्रण गरिएको छ । सक्रिय शैक्षिक परामर्श संघ नेपालले जाजरकोट भेरी नगरपालिका १ का आठ जना पीडितलाई राहत रकम हस्तान्त्रण गरेको हो ।
भेरी नगरपालिका १ बस्ने वर्ष ४० का नैन बहादुर रानाको रोहवरमा सहिछाप गरी प्रत्येक पीडितलाई ३९,८७५ रुपैयाँका दरले रकम हस्तान्त्रण गरिएको संस्थाले जनाएको छ ।




ग्लोबल आइएमई बैंकको प्रति चेक रकम ३९,८७५ दामासाहीले हुन आउने ८ जनालाई कुल  तीन लाख उन्नाइस हजार रकम हस्तान्त्रण गरिएको सक्रिय शैशिक परामर्श संघ नेपालका प्रतिनिधि अर्जनुजंग शाहीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया