मानव वेचविखन मुद्दामा फरार प्रतिवादी पक्राउ

सुर्खेत । प्रहरीले मानव वेचविखन तथा ओसारपसार मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ।



जिल्ला अदालत सुर्खेतले २०७३ असार १ गते गरेको फैसलामा २० वर्ष कैद तथा दुई लाख रकम जरिवाना तोकिएका प्रतिवादीलाई प्रहरीले प्रकाउ गरेको हो।

ईलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतबाट खटिएको प्रहरीले भेरिगंगा नगरपालिका–९ जहरे बस्ने ३५ वर्षीया प्रतिवादी प्रेमबहादुर विकलाई प्रकाउ गरेको थियो।

छिन्चु प्रहरीले पक्राउ गरि उनलाई आवश्यक कारवाहीको लागि सम्मानित जिल्ला अदालत बुझाएको छ।

तपाईको प्रतिक्रिया