काठमाडाै । नेकपा एमालेको युवा तथा विद्यार्थी संगठनले आयोजना गरेको प्रदर्शन सकिएको छ । सुरुमा माइतीघरमा प्रदर्शन स्थान राखे पनि प्रशासनले माइतीघर मण्डलादेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेपछि तीनकुनेमा कार्यक्रम राखिएको थियो ।

विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पनि आजै काठमाडौंमा शक्ति प्रदर्शन गरेका छन् । प्रसाईंसँगै कार्यक्रम जुधाएर कार्यक्रम राखिएपछि प्रशासनले माइतीघरलाई निषेधित क्षेत्र घोषणा गरेको थियो ।


प्रसाईंको कार्यक्रम स्थल बल्खुमा झडप भए पनि एमालेको कार्यक्रमस्थल भने शान्तिपूर्ण रह्यो ।

नेपाल कर्म । ७ मंसिर २०८०, बिहीबार १५:२८