काठमाडाै । दुर्गा प्रसाईं समूहको प्रदर्शनलाई प्रहरीले तितरबितर बनाएको छ । प्रदर्शनका लागि प्रशासनले प्रसाईं समूहलाई बल्खु क्षेत्र तोकेको थियो । बल्खुमा तीनतर्फबाट जुलुस आउँदै गर्दा प्रहरीले तीनतर्फको जुलुसलाई मिसिन दिएन ।

प्रसाईंले ‘अब शहर घेर्ने’ बताएपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । त्यसपछि प्रहरीले हवाई फायर गर्नुका साथै अश्रु ग्यास पनि प्रहार गरेको थियो । त्यसपछि प्रहरीले पानीको फोहोरासमेत हानेको थियो । सो क्रममा केही घाइते भएका छन् । ४–५ जनालाई एम्बुलेन्समा राखेर अस्पतालतर्फ लगिएको छ ।


प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि प्रसाईं समूहको जुलुस तीनतर्फ बाँडिएको छ । आधा मानिसहरू सानेपातर्फ छन् भने आधा मानिसहरू कलंकीतर्फ र आधा मानिसहरू कालीमाटीतर्फ बाँडिएका छन् ।

नेपाल कर्म । ७ मंसिर २०८०, बिहीबार १५:२६