सुर्खेत । वीरेन्द्रनगरस्थित तातापानीबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । घरबाटै लागूऔषधको कारोबार गरिरहेको गोप्य सूचनाको आधारमा प्रहरीले बलभद्र खत्रीलाई पक्राउ गरेको हो ।

३६ वर्षीय खत्रीलाई वीरेन्द्रनगर नगरपालिका–३ तातापानीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता लक्ष्मणबहादुर शाहीले जानकारी दिए ।

उनकाअनुसार खत्रीको घरमा खानतलासी गर्दा आठ ग्राम २८० मिलिग्राम लागुऔषध जस्तो देखिने ब्राउन सुगर फेला परेको छ । पक्राउ परेका खत्रीलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखेर थप अनुसन्धान थालिएको प्रवक्ता शाहीको भनाई छ ।


नेपाल कर्म । ६ मंसिर २०८०, बुधबार ११:१९