सुर्खेत । कर्णाली प्रदेश प्रहरीले क्यूआर कोडमार्फत गुनासो व्यवस्थापन गर्ने प्रणाली सुरु गरेको छ । प्रहरी कार्यालयबाट प्रवाह हुने सेवा तथा कर्मचारीको व्यवहारमा देखिएको असन्तुष्टी गुनासो पेटीका मार्फत लिदा समय बढी लाग्ने, झन्झटिलो, तत्काल सम्बन्धित व्यक्ति समक्ष नपुग्ने स्थितीलाई सम्बोधन गर्न प्रहरीले क्यूआर कोड अभियान सुरु गरेको हो ।

मंगलबार क्यूआरकोडको शुभारम्भ गर्दै कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानीरिक्षक (डीआईजी) भिमप्रसाद ढकालले नागरिकमैत्री सेवा प्रवाहमा प्रहरीको पहुँच चाँडो पु¥याई प्रविधिमैत्री गुनासो व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा राखेको बताए ।
प्रहरीको सेवा प्रवाहमा प्रविधिमैत्री प्रणालीको विकास गरी सेवा प्रवाहलाई प्रभावकारी र जनमैत्री गुनासो सम्बोधनमार्फत प्रहरी र नागरिकबिचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास लिएको उनले बताए । सुरक्षित कर्णाली अभियान अन्तर्गत सुरु भएको क्यूआर कोड सेवा प्रदेशका सबै जिल्लाबाट विस्तार गरिने ढकालको भनाई छ ।


उक्त क्यूआरकोड मार्फत प्रहरी सेवा सम्बन्धी सुझाव÷सल्लाह, प्रहरी कर्मचारीप्रतिको गुनासो, वेबसाईट तथा सामाजिक सञ्जाल सम्बन्धी सुझाव, सूचना माग (प्रहरीको कामकारबाहीसँग सम्बन्धित) र नजिकै घटेका घटनाका बारेमा प्रहरीलाई जानकारी तथा गुनासा दर्ता गराउन सकिन्छ । यसरी आएका गुनासा उपर तत्कालै, तीन दिन र पाँच दिनभित्र सम्बोधन गरी गुनासोकर्तालाई जानकारी दिइने डीआईजी ढकालले बताए ।

नेपाल कर्म । ५ मंसिर २०८०, मंगलवार १६:५५