रुकुम पश्चिममा जिप दुर्घटना : २२ जना घाइते, ७ काे अवस्था गम्भीर

सुर्खेत । रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ गोइरीज्युलाको कालेगाउँ पुल नजिक जिप दुर्घटनामा परेकाे छ ।




खोलागाउँदेखि सदरमुकाम मुसिकोटतर्फ जाँदै गरेको जिप आज बिहान दुर्घटनामा परेको प्रहरीले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डीएसपी नमराज भट्टराईका अनुसार सदरमुकाम जाँदै गरेकाे लु १ ज २२९७ नम्बरकाे जीप दुर्घटनामा परी २२ जना घाइते भएकाे जानकारी दिए । उनका अनुसार ७ जनाकाे अवस्था गम्भीर छ ।

उनीहरुकाे चाैरजहारी अस्पतालमा उपचार भइ रहेकाे छ । जिप तिव्र गतिमा रहेको तथा ओभर लाेडका कारणा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ।

तपाईको प्रतिक्रिया