सुर्खेत । जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडित महिलाहरुको सहयोगार्थ साँगीतिक साँझ हुने भएको छ । ज्योति फाउण्डेशनको आयोजनामा आगामी कार्तिक १५ गते भुकम्प प्रभावित क्षेत्रका महिलाहरुको सहयोगार्थ सुर्खेतमा साँगीतिक साँझको आयोजना गर्न लागिएको फाउण्डेशनकी अध्यक्ष ज्योति कटुवालले जानकारी दिईन् ।


उनका अनुसार कलाकार तिलक सिंह पेला, राज सिग्देल र शिशिर योगीले साँगीतिक साँझमा विभिन्न प्रस्तुतिहरु राख्नेछन् । ‘उज्यालो होस् कर्णाली जन्माउने कोख, कर्णाली हुर्काउने काख र कर्णाली बोक्ने काँध, अनी अन्तत उज्यालो होस् पुरै कर्णाली’ भन्ने मुल उद्देश्यका साथ साँगीतिक साँझको आयोजना गर्न लागिएको कटुवालले बताईन् । उक्त साँझमा भूकम्प प्रभावित महिलाहरुको सहयोगका लागि एकहजार देखि दुईहजारसम्म टिकट दर तोकिएको छ । कार्यक्रम कार्तिक १५ गते शुक्रबार बेलुका ४ बजे सुर्खेत सभाहलमा आयोजना हुने अध्यक्ष कटुवालले जानकारी दिइन ।


नेपाल कर्म । ३ मंसिर २०८०, आईतवार १९:४२