गायिका काेमल वलीलाई मातृशाेक

काठमाडाै‌ । गायिका, एमाले नेतृ तथा पूर्व राष्ट्रियसभा सदस्य कोमल वलीलाई मातृशोक परेको छ । उनकी आमा दीपा वलीको ८२ वर्षको उमेरमा काठमाडौंको अल्का अस्पतालमा निधन भएको हो । उनको शनिबार दिउँसो ११ बजेर ४२ मिनेट जाँदा निधन भएको चिकित्सकहरूले घोषणा गरेका हुन् । हड्डीसँग सम्बन्धित ओस्टियोपोरोसिस रोगबाट केही समयदेखि पीडित वलीको केही सातायता अल्का अस्पतालमा उपचार भइरहेको थियो ।



विक्रम सम्बत् १९९८ सालमा रोल्पामा जन्मिएकी दीपा वलीले संकलन गरेको मलमल किरी जुनकिरी नामको गीतले नै कोमल वलीलाई गायनमा स्थापित गराएको हो । दीपा वलीको संकलन तथा रचनामा रेडियो नेपाल, म्युजिक नेपाल तथा विभिन्न रेकिर्डङ स्टुडियोमा दुई दर्जनभन्दा बढी गीत रेकर्ड भएका छन् ।

दीपा ललित ट्रष्टकी संरक्षक रहेकी दीपा वली २०४३ सालमा राप्ती अञ्चल महिला संगठनमा उपसभापति भएकी थिइन् । उनी नेपाल रेडक्रसकी आजीवन सदस्य पनि हुन् । उनका श्रीमान, दुई छोरा र दुई छोरी छन् ।

तपाईको प्रतिक्रिया