काठमाडाै । टिकटक बन्द गर्ने सरकारकाे निर्णयविरुद्ध सर्वाेच्च अदालतमा रिटहरू दर्ता भएका छन् । टिकटक बन्द गराउनु लाेकतन्त्रिविपरीत रहेकाे भन्दै विभिन्न अधिवक्ताहरू रिट लिएर सर्वाेच्च पुगेका हुन् ।
आज दर्ता भएका रिटमा साेमबार पहिले पेसी ताेकिएकाे अधिवक्ता सुनीलरञ्जन सिंहले जानकारी दिए । २७ कात्तिकमा मन्त्रिपरिषद् बैठकबाट नेपालमा टिकटक बन्द गर्ने निर्णय भएको थियो ।

सामाजिक सद्भाव विथोलेको, राष्ट्रियताप्रति अनर्गल प्रचार भएको र सामाजिक न्यायका लागि पनि टिकटक बन्द गर्नुपर्ने अवस्था आएकोले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारले बताएको थियो । सामाजिक सञ्जालमा भने सरकारको निर्णयको विरोध भइरहेको छ ।


नेपाल कर्म । १ मंसिर २०८०, शुक्रबार १४:२९