अछाममा अटाे दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार जना घाइते

सुर्खेत । अछाममा अटाे दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । कमलबजारबाट दैलेखतर्फ जाँदै गरेको सुदुरपश्चिम ०१००१ ह ५५४५ नम्बरको अटाे गए राति मध्यपहाडी राजमार्गअन्तर्गत टोट्केसालमा दुर्घटना भएको हो ।



दुर्घटनामा गम्भीर घाइते भएका अटाे चालक कमलबजार नगरपालिका–४ का दीपक बोहरा र वडा नं २ का जनक खड्काको उपचारका लागि जिल्ला अस्पताल मङ्गलसेन ल्याउने क्रममा बीच बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।

दुर्घटनामा परी कमलबजार–४ का दिनेश साउद, सोही वडाका लक्ष्मण थापा, वडा नं ८ का वीरेन्द्र विष्ट र सोही वडाका देवेन्द्र विष्ट घाइते भएका छन् । उनीहरूको कमलबजार स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया