काठमाडौं । टिकटकमा विभिन्न किसिमका पटका तथा आतिसबाजीको विज्ञापन गर्ने युवक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीलाई टिकटकबाट पटका तथा अतिसबाजीको विज्ञापन भइरहेको सूचना प्राप्त भएपछि प्रारम्भिक अनुसन्धान गरी प्रहरी टोलीले युवकलाई पक्राउ गरेको हो।


कार्यालयका प्रवक्ता एवम् डीएसपी श्रवणकुमार बिकका अनुसार ती युवकले टिकटक लाइभमा आएर पटका खरिद गरेर बिक्रीका लागि विज्ञापन गर्दै आइरहेका थिए।

प्रहीले प्रकाउ परेका युवकको विवरण भने सार्वजनिक गरेको छैन। पक्राउ परेका युवकबाट भने प्रहरीले पटका तथा असिसवाजी बरामद गरेको छ।
कास्की प्रहरीले तिहारको समयमा विभिन्न स्थानबाट विभिन्न समयमा विभिन्न स्थानबाट समाजमा आतंङ्क मच्चाउने ध्वनी प्रदूषण गर्ने खालका पटका तथा अतिसबाजी बरामद गर्दै नष्ट गर्दै आइरहेको छ।

नेपाल कर्म । २७ कार्तिक २०८०, सोमबार १५:१३