सुर्खेतको चौकुनेबाट २७ जना जुवाडे पक्राउ

पक्राउ परेकाहरुको नामको विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन्।

सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिकाबाट दुई लाख २७ हजार नगदसहित २७ जना जुवाडे पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतको प्रहरी टोलीले चौकुने गाउँपालिका ६ जुम्ल्याय मुलमा जुवा खेलिरहेका २७ जना जुवाडेलाई नगदसहित गए राति सवा १ बजे पक्राउ गरेको हो ।



जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गुटुको प्रहरी घाटगाउँमा लागेको मेलाको सुरक्षा दिन पुगेपछि वीरेन्द्रनगरबाट गएको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका सबै जनालाई वीरेन्द्रनगर ल्याईएको छ । पक्राउ परेकाहरुको नामको विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन्।

तपाईको प्रतिक्रिया