सुर्खेत । भुकम्पमा परी ज्यान गुमाएकी दैलेखकी एलिना भण्डारीको परिवारलाई आर्थिक सहयोग गरिएको छ । नापी कार्यालय जाजरकोटमा कार्यरत जिल्लाको दुल्लू नगरपालिका–६, छिउडी पुसाकोट घर भएकी भण्डारीको १७ कार्तिकमा जाजरकोट केन्द्रविन्दु भएर गएको भुकम्पमा परी भाईसँगै ज्यान गुमाएकी थिइन ।

उनीहरूको नापी कार्यालय जाजरकोटको क्वार्टरमा सुतेकै अवस्थामा भवन भत्किँदा मृत्यु भएको थियो । ७ कात्तिकमा दसैँ मान्न घर पुगेकी उनी भुकम्पको केही दिनअघि मात्र जाजरकोट सदरमुकाम खलंगा पुगेकी थिइन् । उनले दसैँ–तिहार बिदामा बसेका भाइ प्रज्वल शाहीलाई आफूसँगै लगेकी थिइन् ।

नेपाल निजामती कर्मचारी युनियन, भुमिसुधार, सहकारी तथा गरिवी निवारण मन्त्रालय बिभागिय समिति, नेपाल निजामती कर्मचारी युनियन दैलेख, मध्यपश्चिम नापी पेशाकर्मी समाज दैलेखले कर्णाली प्रदेशका सामाजिक विकास समितिका सभापति घनश्याम भण्डारीको उपस्थितीमा एलिनाकी आमालाई एक लाख ३५ हजार आर्थिक सहयोग गरेको हो ।

जाजरकोट भूकम्प: अधुरै रह्यो एलिनाको जियोमेटिक इन्जिनियर बन्ने सपना

नेपाल कर्म । २६ कार्तिक २०८०, आईतवार १५:३६