सुर्खेत । उषा बाल बाटिका माध्यामिक विद्यालयले जाजरकोटको नलगाड नगरपालिका–१ का भूकम्प पीडितलाई राहत वितरण गरेको छ। कार्तिक १७ गते राति ११ः४७ बजेको समयमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएको भूकम्पका कारण नलगाड–१ धेरै नागरिकहरु प्रभावित भएका छन्।

उषा बाल बाटिका विद्यालय परिवारको टिमले भूकम्पबाट जाजरकोट जिल्लाभर सबै भन्दा बढी प्रभावित नलगाड–१ का नागरिकलाई राहत वितरण गरिएको जनाएको छ।

विद्यालयका प्रधानाध्यपक सुशिल भुसालका अनुसार विद्यालय परिवारको टिलमले भूकम्पबाट प्रभावित क्षेत्रहरुको स्थलगत अवलोकन समते गरेको थियो।
‘विद्यालयबाट राहतका दिनका लागि गएको टिमले भूकम्प प्रभावित क्षेत्र जाजरकोटको स्थलगत अवलोकन गरेको थियो।’ भुसालले भने। ‘मानवीय तथा भौतिक हिसाबले निकै प्रभावित क्षेत्र नलगाढ–१ (चिउरी) भएकाले त्यस ठाउँका भूकम्प पीडित र स्थानीय जनप्रतिनिधिसँग समन्वय गरी राहत वितरण गरेका छौँ।’

यस्तै, उषा बाल बाटिकाले भूकम्प पीडितहरुलाई विभिन्न खाद्यान्न सामग्री चामल, दाल, तेल र नून लगायतका खाद्य सामाग्री स्थानीय वडा प्रतिनिधि प्रकाश विकको रोहोबरमा वितरण गरेको जनाएको छ।
साथै विद्यालयले भूकम्प प्रभावित क्षेत्र जाजरकोटका दुर्गम गाउँ, टोल र बस्तीहरूमा राहत सामाग्री नपुगेको गुनासो आएकाले त्यस स्थानहरूमा छिटो भन्दा छिटो राहत वितरण कार्यलाई अगाडि बढाउनका लागि सम्बन्धित निकायहरु ध्यान दिनु पर्ने बताएको छ।


नेपाल कर्म । २५ कार्तिक २०८०, शनिबार १९:१३