सुर्खेत । राष्ट्रिय युवा संघ नेपाल, वीरेन्द्रनगर–१ नम्बर वडा कमिटी सुर्खेतले आयोजना गरेको फुटबल प्रतियोगीताको समापन भएको छ। वीरेन्द्रनगर नगरपालिका–१ मा भएको उक्त प्रतियोगीता शुक्रबार समापन भएको हो।
कार्तिक २१ गतेदेखि सुरु भएको प्रतियोगीता कार्तिक २४ सम्म चलेको थियो। अन्तिम दिन गैह्रीगाउँ टोल र आपखोली टोलबीच भएको फाइनल खेलमा गैह्रीगाउँ टोलले उपाधी जितेको छ।


दोस्रो स्थान आपखोली टोलले हासिल गरेको छ।
संघको केन्द्रीय सर्कुलर अनुसार प्रतियोगीताको आयोजना गरिएको हो।
युवासंघ नेपालको मिसन नेक्स्ट इलेक्सेन तार्गेट न्यू जेनेरेशन–२०८० अन्तरर्गत ‘एक कमिटी एक रचनात्मक कार्य’ अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ नम्बर वडा कमिटीले टोल स्तरीय फुटबल प्रतियोगीताको आयोजना गरेको युवा संघ सुर्खेतका अध्यक्ष बासु आचार्यले जानकारी दिए।

उनका अनुसार उक्त प्रतियोगीताका लागि १२ वटा टिमले भाग लिएका थिए।
उक्त प्रतियोगीताको समापन नेकपा एमाले केन्द्रीय कमिटी सदस्य मोहनमाया ढकालको प्रमुख आथित्यतामा भएको थियो।
यस्तै, उक्त समापन कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल सुर्खेतका अध्यक्ष बासु आचार्य, राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटी सदस्य तथा वीरेन्द्रनगर उत्प्रेरक किरण किसोर सापकोटा, युवासंघका केन्द्रीय कमिटी सदस्य यमुना नेपाली लगायतका नेताहरुको सहभागीता रहेको थियो।
जसमा प्रतियोगिता उद्घाटनदेखि समापनसम्म राष्ट्रिय युवा संघ नेपाल, सुर्खेतको तर्फबाट व्यवस्थापनको जिम्मा त्यस वडाको उत्प्रेरक कुमार विश्वकर्माले लिएका थिए।


नेपाल कर्म । २५ कार्तिक २०८०, शनिबार १३:०८