कालीकोट । कालीकोटमा सडक निर्माणका क्रममा पहिरोले पुरिएर एक्स्काभेटर चालको मृत्यु भएको छ।
शुक्रबार कर्णाली करिडोरको कालेखोला–खुलालु खण्ड विस्तारका क्रममा माथिबाट खसेको चट्टानसहितको पहिरोले पुरिएर चालक धीरप्रसाद सञ्ज्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख अर्जुन केसीले जानकारी दिए।
२६ वर्षीय सञ्ज्याल पचालझरना–८, खडितोलीका स्थायी बासिन्दा हुन्। शुक्रबार पहिरो गए पनि शनिबार बिहान मात्र मृतकको शव निकालिएको हो।


करिडोरको जिरो किलोमिटरमा पर्ने कालेखोला खण्ड सडक डिभिजन कार्यालय जुम्लाले गत वर्षदेखि सडकको स्तरोन्नतिको काम गरिरहेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख इन्जिनियर दिपेन्द्रवहादुर विष्टले बताए। उनका अनुसार साँघुरो र अप्ठेरो ठाउँमा सडक डिभिजन कार्यालयले ठेक्कामार्फत काम गरिरहेको छ।

नेपाल कर्म । २५ कार्तिक २०८०, शनिबार १२:२२