मुगु सामुहिक हत्या प्रकरण : पक्राउ परेका दुई हत्यारा सार्वजनिक

सुर्खेत । मुगुमा चार जनाको हत्यार अभियोगमा प्रकाउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुले शुक्रबार पत्रकार सम्मेलन गरेर पक्राउ परेका हत्यारालाई सार्वजनिक गरेको हो।



कार्तिक १० गते छायाँनाथरारा नगरपालिका–६ मन्दुगाउँ की २८ वर्षीय श्रीदेवी बोहोर र उनका तीन छोरा/छोरीको सामुहिक हत्या भएको थियो। सामुहिक हत्याको अरोपामा पक्राउ पर्नेमा

छायाँनाथ रारा नगरपालिका–७ पिना घर भई बाँकेको वैजनाथ गाउँपालिका–१ चिसापानी बस्ने ३१ वर्षीय ‘काले’ भनिने गोर्खराज शाही र छायाँनाथ रारा–६ मन्दु का ३१ वर्षीय गोपालबहादुर बोहरा रहेका छन्।

प्रहरीका अनुसार शाहीलाई सोमबार (कार्तिक २०) गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ पँञ्चकोशीटोलबाट पक्राउ परेका थिए।

यस्तै, प्रहरीले बोहारालाई छायाँनाथ रारा–६ मन्दुै गाउँ उनकै घरबाट आज बिहान पक्राउ गरेको हो।

तपाईको प्रतिक्रिया