परिलक्षित सस्थाद्वारा वीरेन्द्रनगरमा सञ्चालित कार्यक्रमहरुको अनुगमन

सुर्खेत । फेल्म नेपालको सहयोगमा परिलक्षित सस्थाद्वारा संचालित वीरेन्द्रनगरमा अपाङ्गता भएका व्यक्तिहरुको लागि शैक्षिक सहयोग कार्यक्रमको अनुगमन गरिएको छ।



वीरेन्द्रनगर नगरपालिकाको उप–प्रमुख निलकण्ठ खनालको नेतृत्वमा अनुगमन तथा मुलायांकन गरिएको हो।

अनुगमन अन्तर्गत वीरेन्द्रनगर–४ का केशब रोकायको बाख्रापालन, वीरेन्द्रनगर–१ कि लक्ष्मी नेपालीले सिलाई–कटाई तालिम सिक्दै गरेको र वीरेन्द्रनगर–३ कि पार्वती गौतमको नास्ता पसल अनुगमन गरिएको छ।

यस्तै, वीरेन्द्रनगर–७ मा रहेकोश्री कृष्ण सस्कृत तथा साधारण मा.वि सुर्खेतद्वारा संचालित दृस्टीबिहिन लागि बेडबिस्तार सहयोग जस्ता गतिविधीको अनुगमन पनि गरिएको छ।

उक्त अनुगमनमा उप–प्रमुख खनाल, जन स्वास्थ्य, पशु शाखा, महिला बालबालिका, जेष्ठ नागरिक तथा अपाङ्गता शाखा, नगर अपाङ्गता संजालको प्रतिनिधिहरुको सहभागी रहेको थियो।

तपाईको प्रतिक्रिया