राष्ट्रिय युवा संघ नेपाल, सुर्खेत भूकम्पका घाइतेहरुको सेवामा निरन्तर

सुर्खेत । राष्ट्रिय युवा संघ नेपाल, सुर्खेतको टिम जाजरकोट भूकम्पमा परि घाइतेहरूको सेवा निरन्तर खटिएको छ।



कार्तिक १८ गतेदेखि नै प्रदेश अस्पताल सुर्खेतमा उपचाररत घाइतेहरुको सेवामा खटिएको हो।

राष्ट्रिय युवा संघ नेपाल, सुर्खेतका अध्यक्ष बासु आचार्यका अनुसार युवासंघबाट भूकम्पका घाइतेहरुको सेवा खटिएका स्वयंसेवकहरुले १८ घण्टा बढी सेवा दिई रहेका छन्।

स्वयंसेवकको भूमिका निर्वाह युवा संघका नेता तथा कार्यकर्ताहरुले भूकम्पका घाइतेहरु तथा उनका कुरुवाहरुलाई खाजा पनि खुवाउदै आएको छ।

युवासंघले घाइते बिरामीहरु तथा कुरुवालाई खाना र खाजा पनि दिँदै आएको युवा संघ सुर्खेतका अध्यक्ष बासु आचार्यले जानकारी दिए।

उनका अनुसार बिरामी कुरुवालाई संघको अनुरोधमा वीरेन्द्रनगर नगरपालिकाले खाजा, खाना तथा पानीको लागि सहयोग गरिरहेको छ।

साथै युवा संघले यसअघि घाइतेहरुलाई रगत आवश्यक पर्न सक्छ भनेर रगत संकलन समेत गरेको थियो।

साथै घाइतेहरुको अवस्था सामान्य नहुन्जेलसम्म निरन्तर रुपमा युवा संघले स्वंयसेवकको भूमिका निर्वाह अध्यक्ष आचार्यको भनाइ रहेको छ।

तपाईको प्रतिक्रिया