सुर्खेत । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर घाइते भएका जनाको मृत्यु भएको छ।
रुकुमपश्चिमको चौरजहारी नगरपालिका–१, का २६ वर्षीय निरज विष्टको शुक्रबार मृत्यु भएको हो।
नगर प्रहरी कार्यालय चौरजहारीमा कार्यरत नगर प्रहरी जवान विष्टको उपचारका क्रममा मृत्यु भएको छ।

उनको उपचारका क्रममा आज ९शुक्रबार० बिहान ८ बजेर ४५ मिनेटकोे समयमा प्रदेश अस्पताल कालाकागाउँ सुर्खेतमा मृत्यु भएको अस्पतालले जनाएको छ।

अस्पतालमा हाल २१ जना उपचाररत रहेका छन्।
उनको टाउँको तथा शरीरका विभिन्न भागहरुमा गहिरो चोट लागेका कारण न्यूरो आईसियुको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।
उनको मृत्युसँगै जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको संख्या १५४ पुगेको छ। जसमा १०१ जाजरकोटका र ५३ जना रुकुमपश्चिका छन्।

नेपाल कर्म । २४ कार्तिक २०८०, शुक्रबार १२:४२