सुर्खेत । कार्तिक १० बिहान मुगुको छारायानाथ रारा नगगरपालिका–६ मुन्दु गाउँमा एकै परिवारका चार जनाको हत्या भएको खबर बाहिरियो। कार्तिक ८ गते दसैंको रात उनिहरुको हत्या गरिए पनि दुई दिन ढिलो गरि उक्त खबर प्रहरी समक्ष पुग्यो।
कार्तिक १० गते बिहान करिब ९ बजेको समयमा प्रहरलाई एकै परिवारका चार जनाको हत्या भएको खबर प्राप्त भयो। उक्त खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी टोली घटनास्थल तर्फ पुगेको थियो।


प्रहरी घटनास्थल पुगेपछि घरमा नयाँ ताल्चा लगाएको अवस्थामा २८ वर्षीय श्रीदेवी बोहोरा, उनका ८ महिनाका छोरा रहर बोहोरा, ८ वर्षीया छोरी अप्सरा बोहोर र ११ वर्षीया छोरा मनोज बोहोराको शव फेला पा¥यो। त्यसपछि प्रहरीले सिंगो गाउँलाई निगरानीमा राखेर हत्यारा प्रकाउ गर्नका लागि अनुसन्धान थाल्यो। अनुसन्धान थालेको करिब दुईहप्ता पछि प्रहरीले एक जनालाई आफन्तलाई पक्राउ गरेको छ।
प्रहरी स्रोतका अनुसार पक्राउ पर्ने मुगुको छायानाथ रारा नगरपालिका–७ पिनाका ३० वर्षीय गोरखबहादुर शाही रहेका छन्। उनलाई प्रहरीले गएको सोमबार बाँकेको कोहालपुरबाट प्रकाउ गरेको हो। उनलाई पक्राउ गरि मुगु पु¥याएर उनि माथि थप अनुसन्धान गर्दा मुन्दु गाउँका बोहोरा थरका अर्का व्यक्ति पनि पक्राउ परेको स्रोतले जनाएको छ।
प्रहरीले प्रकाउ गरि गोरखबहादुरमाथि छानबिन गर्दा उनले घटनामा मुन्दु गाउँकै बोहोरा थरका एक युवक संगलन रहेको बताएका थिए। त्यसपछि प्रहरीले बोहारा थरका ती युवालाई पनि पक्राउ गरेको छ।

स्रोतका अनुसार उनिहरुले सामुहिक हत्या धनसम्पति कमाएको रिस र डाहाका कारण हत्या गरिएको बुझिएको छ। मृतक श्रीदेवीका श्रीमान विगत सात/आठ बर्षदेखि रोजगारीको सिलशिलामा विदेशमा बस्दै आएका छन्। मृतक श्रीदेवीका श्रीमान दिपक बोहोराले लामो समयमा विदेशमा बसेर कमाए गाउँमा घर सरमुकाम मुगुको गमगढीमा लाखौं रुपैयाँको जग्गा किनेपछि त्यहीँ रिस आफन्तलाई परेको थियो।
स्रोतका अनुसार पक्राउ परेका आफन्त गोरखबहादुर शाही श्रीदेवीकी आमाकी बहिनीका श्रीमान अर्थात श्रीदेवीका अंकल नाता पर्दछन्। भने अर्का पक्राउ परेका बोहोरा थरका युवा मामाको छोरा दाई नाता पर्दछन्। स्रोतले दिएको जनकारी अनुसार मृतक श्रीदेवीका श्रीमानले विदेशमा कमाएको रुपैयाँले मुगु सदरमुकाममा ४०/४२ लाख बराबरको जग्गा किनेका छन्।
यस्तै, अनुसन्धानका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयबाट वरिष्ठ सई नारायण शर्मा र नेपाल प्रहरी प्रदेश कार्यालय कर्णालीबाट प्रहरी निरीक्षक बुद्धि सुवेदीको छुट्टाछुट्टै टोली खटियो।
उक्त जग्गा र पैसा कमाएको देखेर त्यहीँ रिस डाँहाका कारण आफन्तले मारेको हुन। प्रहरी स्रोतका अनुसार गोरखबहादुर गाउँका एक नम्बर मदमासका रुपमा चिनिन्छन्। ‘गोरखबहादुरले पहिला मृतक श्रीदेवीको अन्टीसँग बिबाह गरेको रहेछन्। ती अन्टी कोहलपूरमा बस्दै आएकी छन्। तर, गोरखबहादुरले बहुबिबाह समेत गरेका सुन्नमा आएको छ।’ स्रोतले भन्यो। प्रहरीले हत्यामा प्रकाउ परेका उनिहरूलाई आज (शुक्रबार) दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने मुगुका डिएसपी (प्रहरी नायव उपरीक्षक) वीरेन्द्र थापाले जानकारी दिए।

नेपाल कर्म । २४ कार्तिक २०८०, शुक्रबार १२:२२