सुर्खेत । राहत सामाग्री लिएर अखिल नेपाल महिला संघ कर्णाली प्रदेशको टिम यती बेला भूकम्प प्रभावित क्षेत्रमा रहेको छ।
गत शुक्रबार राती ११ः४७ बजेको समयमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिका लाखौं नागरिक विस्थापित भएका छन्।


प्रभावित नागरिकहरु मध्ये विशेष गरेर अनेमसंघ कर्णाली प्रदेशले गर्ववती तथा सुत्केरीमहिलाहरुलाइर्् लक्षित गरि राहत सामग्री बोकेर भूकम्प प्रभावीत क्षेत्र पुगेको हो।

भूकम्पबाट अति प्रभावित जाजरकोटको भेरी नगरपालिका, नलगाड नगरपालिका, रुकुमपश्चिमको आठबिसकोट र सानीभेरी नगरपालिकामा राहत सामाग्री उपलब्ध गराइएको छ।



नेपाल कर्म । २४ कार्तिक २०८०, शुक्रबार ०८:४१