सुर्खेत । अखिल क्रान्तिकारीले १६औं गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ। नेकपा माओवादी निकट विद्यार्थी संगठन क्रान्तिकारीले सोमबार वीरेन्द्रनगर रक्तदान कार्यक्रम गरेको हो।
रक्तदान कार्यक्रममा २४ पिन्ट रगत संकलन गरिएको क्रान्तिकारीका कर्णाली प्रदेश समिति सचिवालय सदस्य तथा सुर्खेत बहुमुखी क्याम्पस इन्चार्ज हिक्मत शाहीले जानकारी दिए।


उनले भने, ‘हामीले यूवा पुस्तामा मानवजीवन बचाउँनका लागि विद्यार्थीमा रक्तदान गर्नुपर्छ भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरेका हौं। जस्मा धेरै यूवाहरुले पहिलो पटक रक्तदान गर्नुभएको छ।’

साथै शाहीले कार्यक्रम गर्नका लागि सहयोग गर्ने नेपाल रेडक्रस सोसाइटी र समन्वय गरिदिने नेपाल स्वयंसेवी रक्तदाता समाज सुर्खेतलाई धन्यवाद प्रकट गरे।
यस्तै, उक्त कार्यक्रमा क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष अमरजंग शाही, नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रका कर्णाली प्रदेश अध्यक्ष विमला केसीले लगायतका नेताहरूले रक्तदान गरेका छन्।

नेपाल कर्म । १५ जेष्ठ २०८०, सोमबार १४:४७