हेटाैँडा । अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभाबाट अध्यक्ष पंकजविक्रम नेम्वाङले विश्वासको मत पाएका छन्।
गत भदौ २५ मा एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईको बर्खास्तीको माग गर्दै अविश्वास प्रस्ताव राखेका थिए।
नेम्वाङको विश्वासको मतका लागि आज विशेष साधारण सभा गरिएको हो।

सभामा भएको मतदान प्रक्रियामा नेम्बाङले ५१ मत पाएका छन्। उनको विपक्षमा मत खसेको थिएन।

साधारणसभामा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको बर्खास्तीको एक मात्र एजेन्डामा मतदानको तयारी गरिएको थियो।
नेम्वाङमाथिको अविश्वास प्रस्तावमाथि गोप्य मतदान हुँदा उनको पक्षमा दुई तिहाई बहुमत पुग्दा अध्यक्ष नेम्वाङको पद जोगिएको छ।
८७ जना मतदाता रहेका थिए भने ५३ जना सहभागी रहेका थिए।

नेपाल कर्म । २३ कार्तिक २०८०, बिहीबार १४:५४