अभिनेत्री दिपाशा बीसीको निधन

काठमाडौं । अभिनेत्री दिपाशा बीसीको निधन भएको छ। स्वास्थ्यमा असहज भएपछि उनलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो।



तर बिहीबार बिहान अस्पतालले मृत घोषणा गरेको नर्भिकका सीईओ अजय मिश्रले  जानकारी दिए।

‘जलपरी’ नामले समेत मोडलिङ र फिल्ममा चर्चित उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय गरेकी छिन्।

उनको डेब्यु फिल्म ‘दुलही रानी’ २०६८ मा रिलिज भएको थियो। साथै दर्जनौं म्युजिक भिडिओमा उनलाई देख्न सकिन्छ।

सुर्खेत घर भएकी दीपासा अविवाहित हुन्।

तपाईको प्रतिक्रिया