काठमाडौँ । कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको छ।
गत असोज ९ र १० गते सञ्चालित परीक्षाको नतिजा बोर्डले बिहीबार सार्वजनिक गरेको हो।
परीक्षामा १ लाख १७ हजार ८८२ विद्यार्थी सहभागी थिए।


परीक्षामा सहभागी विद्यार्थीमध्ये जसमा ८८ हजार ९४७ (७५.४५) विद्यार्थीको ग्रेड वृद्धि भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
परीक्षामा अपर्यादित गतिविधि गर्ने १५ जना विद्यार्थीको परीक्षा बोर्डले रद्ध गरेको छ।

नेपाल कर्म । २३ कार्तिक २०८०, बिहीबार १३:०५