युट्युबर मनोज मानव पक्राउ

काठमाडौं । युट्युबर मनोज मानवलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई प्रहरीले बुधबार साँझ काठमाडौंको कीर्तिपुरबाट पक्राउ गरेको हो।



नेपाल प्रहरीको साइबर व्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपतिकुमार रायले मनोजलाई पक्राउ गरिएको जानकारी दिए।

सामाजिक सञ्जालमार्फत् महिलाको चरित्र हत्या गरेको आरोपमा मनोज पक्राउ परेका हुन्।

आफ्नो चरित्र हत्‍या गरेको भन्दै एक महिलाले व्यूरोमा उजुरी दिएकी थिइन्। मनोजलाई बिहीबार अदालतमा पेश गर्ने प्रहरीको तयारी छ।

उनले स्टार अनलाइन टिभी नामक युट्युब च्यानल चलाउँदै आएका थिए।

तपाईको प्रतिक्रिया