भूकम्पबाट जाजरकोटमा ३४ हजार ५ घरधुरीका एक लाख ८० हजारबढी जनसंख्या प्रभावित

सुर्खेत । गत शुक्रबार गएको भूकम्पबाट जाजरकोटका मात्रै ३४ हजार पाच सय १ प्रभावित घरधुरीका एक लाख ७९ हजार बढी जनसंख्या प्रभावित भएका छन्। शुक्रबार (कात्तिक १७) गते राति ११ः४७ बजेको समयमा जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पले एक लाख ८० हजार घरधुरी जनसंख्या प्रभावित भएका हुन्।



जसमा शिवालय गाउँपालिकाका प्रभावित २ हजार ८०६ घरधुरीका १५ हजार २६९, कुशे गाउँपालिका ४ हजार ६०२ घरधुरीका २५ हजार ८१५, जुनिचाँदे गाउँपालिकाका ३ हजार ९४८ घरधुरीका २१ हजार ७३३, बारेकोट गाउँपालिका ३ हजार ३२१ घरधुरीका १८ हजार ८३ जनसंख्या प्रभावित भएका छन्।

भेरी नगरपालिकाका ६ हजार ७६८ घरधुरीका ३८ हजार २०१, नलगाड नगरपालिकाका ६ हजार ५३३ घरधुरीका २५ हजार ४९७ र छेडागाड नगरपालिकाका ६ हजार ४९० घरधुरीका ३५ हजार २९५ जनसंख्या प्रभावित भएको जाजरकोट प्रशासनले जनाएको छ।

यस्तै, ९ हजार सात सय १४ घरहरु पूर्णरुपमा क्षति पुगेको छ। जिल्लाका सातवटा स्थानीय तहमा भूकम्पले ठूलो क्षति गरेको हो। भूकम्पले जाजरकोटका प्रभावित सात तहमा सबैभन्दा बढी भेरी नगरपालिकामा क्षति पुगेको छ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटका अनुसार भेरी नगरपालिकमा २ हजार ५३० घर, नलगाड नगरपालिकामा दुई हजार १०८, छेडागाड नगरपालिकामा १ हजार ९४५ घरधुरी, बारेकोट गाउँपालिकाका एक हजार ३५, कुशे गाउँपालिकाका १ हजार ५०४, जुनिचाँदे गाउँपालिकाका ६३४ र शिवालय गाउँपालिकाका ३८ वटा घरहरू पूरै क्षति भएका छन्।

यस्तै, यी सातवटा स्थानीय तहमा ९ हजार १८६ विस्थापित घरधुरीका ६७ हजार १७४ परिवार जनसंख्या विस्तापित भएका छन्।

जाजरकोट प्रशासनका अनुसार सबै भन्दा बढी कुशे गाउँपालिमा एक हजार ५०४ विस्थापित घरधुरीका २५ हजार ८१५ जनसंख्या र सबै भन्दा कम शिवालय गाउँपालिकामा विस्थापित ३८ घरधुरीका १३० परिवार विस्थापित भएका छन्।

जुनिचाँदे गाउँपालिमा विस्तापित ६३४ घरधुरीका ३ हजार ४४९ परिवार, बारेकोट गाउँपालिका विस्थापित एह जार ३५ घरधुरीका पाँच हजार ६३२, भेरी नगरपालिका विस्थापित ३ हजार ५३४ घरधुरीमध्ये १४ हजार ९९७ जनसंख्या, नलगाड नगरपालिकामा विस्थापित दुई हजार १०८ घरधुरीमा १५ हजार ३२१ र छेडागाड नगरपालिकामा विस्थापित भएका ३३३ घरधुरीका एक हजार ८१० जना परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ।

२४ हजार बढी घरमा आशिंक क्षति
यस्तै, भूकम्पका कारण जाजरकोट जिल्लाभरी २४ हजार ७०७ घरहरुमा आशिंक क्षति पुगेको छ।

जसमा शिवालय गाउँपालिकामा २ हजार ७६८, कुशे गाउँपालिकामा तीन हजार ९८, जुनिचाँदे गाउँपालिकामा तीन हजार ३४४, बारेकोट गाउँपालिमा दुई हजार २८६ घरधुरीमा आशिंक क्षति पुगेको प्रशासनले जनाएको छ।

भेरी नगरपालिकामा चार हजार २३८, नलगाड नगरपालिकामा चार हजार ४२८ र छेडागाड नगरपालिकामा चार हजार ५४५ घरहरुमा आशिंक क्षति पुगेको छ।

५१ बालबालिबाको मृत्यु, ६३ वटा वडा प्रभावित
यस्तै, भूकम्पबाट जाजरकोटमा ज्यान गुमाएका १०१ जना मध्ये ५१ जना बालबालिकाले ज्यान गुमाएका छन्। जिल्ला पशासनका अनुसार २९ बालक र २२ जना बालिका रहेका छन्।

भेरी नगरपालिकाका १३ महिला, ४ पुरुष, ११ बालक र ८ बालिका गरि ३६ जनाको मृत्यु भएको छ।

यस्तै, नलगाड नगरपालिकामा १६ महिला, १० पुरुष, १५ बालक र ११ बालिका गरि जम्मा ५२ जना, छेडागाड नगरपालिकामा १ महिला, १ बालिका गरि दुई जना, कुशे गाउँपालिकाका २ महिला, १ पुरुष, २ बालक र २ बालिका गरि जम्मा ७ जना र बारेकोट गाउँपालिकामा ३ महिला र १ बालक गरि तीन जनाले ज्यान गुमाएका छन्।

यस्तै, जिल्लाभर महिला ४९ र ४५ पुरुष गरि जम्मा ९४ जना घाइतेहरुको उपचार भइरहेको छ। जिल्लाका प्रभावित सात स्थानीय तहका ६३ वडा प्रभावित भएका छन्।

तपाईको प्रतिक्रिया