भुकम्प प्रभावितका लागि दुल्लुद्वारा पाँच लाख रकम सहयोग

सुर्खेत । जाजरकोट र रुकुम पश्चिमका भुकम्प प्रभावितहरुका दैलेखको दुल्लु नगरपालिकाले पाँच लाख राहत रकम पठाएको छ । भुकम्प पीडितहरुको राहत, उद्दार र पुनर्स्थापनाका लागि नगरपालिकाले विपद व्यवस्थापन कोषबाट पाँच लाख रकम पठाएको हो ।




दुवै जिल्लाका लागि प्रति जिल्ला दुई लाख पचास हजारका दरले जिल्ला विपद कोषमा जम्मा हुनेगरी रकम पठाएको नगर प्रमुख भरतप्रसाद रिजालले जानकारी दिए । उनकाअनुसार भुकम्पमा ज्यान गुमाएका दुल्लुका एलिना भण्डारी र प्रज्वल शाहीका परिवारलाई जनही २५ हजारका दरले किरीया खर्चसमेत उपलव्ध गराउने निर्णय गरिएकाे छ ।

भण्डारी वडा नम्बर १३ र शाही वडा नम्बर ६ का हुन् । नापी कार्यालय जाजरकोटमा कार्यरत भण्डारी र उनका भाई शाहीको कार्तिक १७ गते राती गएको भुकम्पमा परेर मृत्यु भएको थियो ।

याे पनि पढ्नुहाेस् ः जाजरकोट भूकम्प: अधुरै रह्यो एलिनाको जियोमेटिक इन्जिनियर बन्ने सपना

तपाईको प्रतिक्रिया