सुर्खेत । कर्णाली प्रदेशको प्रवेशद्वारको नगरपालिकाले आयातित प्लाष्टिकका माला प्रयोग नगर्न नगरवासीलाई आग्रह गरेको छ । भेरीगंगा नगरपालिकालले सूचना जारी गर्दै नजिकीदै गरेको भाइटिकाको दिनमा स्थानीय स्तरमै उत्पादिन पुष्प खेतीकै माला प्रयोग गर्न आग्रह गरेको हो ।

नगर क्षेत्रमै विभिन्न व्यक्तिहरुले पुष्पखेती गरिरहेको र प्रयाप्त मात्रामा फूल उपलव्ध रहेकाले प्लाष्टिकका मालाहरुको प्रयोग नगर्न अनुरोध गरिएको नगर प्रमुख यज्ञप्रसाद ढकालले जानकारी दिए ।


उनकाअनुसार स्थानीय स्तरमै उत्पादित फूलको प्रवद्र्धन गर्न र आयातित मालाहरुको प्रतिवन्ध गर्ने उदेश्यले सूचना जारी गरिएको हो । छिन्चु, जहरे र रामघाटसहितका ठाउँमा रहेका व्यवसायीहरुलाई कुनै पनि अवस्थामा आयातित प्लाष्टिकका माला नराख्न र स्थानीय उत्पादित फूलहरुको व्यवसायी गरिदिन नगरपालिकाले आग्रह गरेको छ ।

नेपाल कर्म । २२ कार्तिक २०८०, बुधबार १०:०३