ललिता विश्वकर्मा ओड
सुर्खेत । जिल्लाको पञ्चपुरी नगरपालिका–२ सालकोट र वडा नम्बर ६ को चतुरे चोमा बालबिबाहविरुद्ध सडक नाटक प्रदर्शन गरेको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा विद्याज्योती सहनशील बालअधिकार समूहको समन्वयमा सिभिल सोसाइटी इन डेपलोमेन्ट र डिसिएको सहयोगमा सोमबार र मंगलबार पदर्शन गरेको हो।


पञ्चपुरी नगरपालिकामा बढ्दो बालबिबाहकाविरुद्ध सचेतिकरण गर्ने उद्देश्यले प्रस्तुत गरिएको सडक नाटकमा सानो उमेरमा विवाह गर्दा बालबालिकाहरु शिक्षाबाट वञ्चित हुने, घरेलु हिंसामा पर्ने र स्वास्थ्यमा गम्भीर असर पार्ने जस्ता विषयहरु समेटिएका थिए।
सडक नाटक कार्यक्रममा बोल्दै पञ्चपुरि नगरपालिका–२ का वडाध्यक्ष यामबहादुर विसीले बालविवाह जस्तो संवेदनशील विषयलाई लिएर नाटक प्रस्तुत गरेकोमा इन्सेकप्रति धन्यबाद ज्ञापन गरे।

उनले बालबिबाह गर्नु कानूनी अपराध भएको बताए।
उनले भने, ‘अहिलेका बालबालिका भविष्यका नेतृत्वकर्ता हुन हामीले हाम्रा बालबालिकालाई बालबिबाहको सिकार हुन दिनुहुँदैन र यसमा धेरै भन्दा धेरै ध्यान दिनुपर्छ। बालबिबाह रोकथामका लागि वडाले गर्नुपर्ने सम्पूर्ण काम गर्ने प्रतिबद्धता जनाउछु।’
यस्तै, वडा नं ६ का वडा सदस्य रत्ना विष्टले बालबिबाह न्यूनीकरणका लागि चाल्नु भएको कदमलाई सम्मान गरेको बताइन्। जनतालाई यसरी सडक नाटक मार्फत जनचेतना अभिवृद्धि गर्यो भने बालविवाहमा कमी ल्याउन सहयोग पुग्ने जनाइन्।
सडक नाटकका पात्रको भूमिका विद्या ज्योति सहनशील बालअधिकार समूह सदस्यहरू निर्वाह गरेका थिए भने सडक नाटकको सहजीकरण इन्सेक सुर्खेत जिल्ला सहजकर्ता ललिता विकले गरेकि थिइन्।

नेपाल कर्म । २१ कार्तिक २०८०, मंगलवार १९:३१