सुर्खेत । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिले भूकम्प प्रभावित पत्रकार र संचारमाध्ययमलाई सहयोग गर्न अपिल गरेको छ। भूकम्पबाट प्रभावित क्षेत्र जाजरकोट र रुकुमपश्चिमको स्थलगत अवलोकनपछि अपिल पत्र सार्वजनिक गर्दै महासंघले भूकम्प प्रभावित पत्रकार र संचारमाध्ययमलाई सहयोग गर्न अनुरोध गरेको हो।
पत्रकार महासंघ कर्णाली प्रदेश समितिका अध्यक्ष देविराम देवकोटा नेतृत्वको टोलीले स्थलगत अवलोकन गरी पत्रकार, सञ्चारकर्मी र सञ्चारमाध्यममा परेको असरका विषयमा जानकारी लिएको थियो।
सो अवसरमा प्रारम्भिक चरणको जानकारी अनुसार झण्डै तीन दर्जन बढी पत्रकारहरु प्रत्यक्ष रुपमा प्रभावित भएको पाइएको छ।

यस्तै, जाजरकोटको रेडियो खलंगा एफ।एम र रुकुमपश्चिमको रेडियो समावेशी आवाज रहेका घरहरु पूर्ण रुपमा भत्किएका छन्। रेडियोका सम्पूर्ण उपकरण तथा कम्प्युटरमा क्षति पुगेको छ।
त्यहाँ कार्यरत सञ्चारकर्मी तथा पत्रकारका सञ्चार उपकरण ९ल्यापटप, क्यामेरा, लत्ताकपडा लगायतका सामाग्री० घर भत्किदा पुरिएका छन्।

भूकम्पबाट रुकुमको रेडियो सानीभेरी एफ।एम। मुसीकोट–१ मा रहेको प्रशारण स्टेशन र आठबिसकोट नगरपालिकामा रहेको रेडियो नयाँ नेपाल एफ।एमको प्रशारण स्टेशनमा समेत क्षति पुगेको छ। यसबाट सूचना प्रवाहमा अवरोध भएको छ।
आधा दर्जन बढी संचारकर्मीहरुको घरहरु समेत पूर्ण क्षति भएका छन् भने कतिपय संचारकर्मीका घरहरु चर्किएर बस्न नमिल्ने अवस्थामा छन्। ग्रामिण क्षेत्रबाट सदरमुकाममा बसी पत्रकारीता गर्ने पत्रकार साथीहरु बसेकै घरहरु भत्किदा केही साथीहरु घाईते भएका छन्। कतिपयले आफन्तहरु गुमाउनु परेको पीडामा छन्।


नेपाल कर्म । २१ कार्तिक २०८०, मंगलवार १८:५५