राष्ट्रिय युवा संघ नेपाल, वीरेन्द्रनगर–१ वडा कमिटीद्वारा फुटबल प्रतियोगीता

सुर्खेत । राष्ट्रिय युवा संघ नेपाल, वीरेन्द्रनगर–१ वडा कमिटी सुर्खेतले वीरेन्द्रनगरमा फुलबल प्रतियोगीताको आयोजना गरेको छ।मगलबारबाट संघको केन्द्रीय सर्कुलर अनुसार प्रतियोगीताको आयोजना गरिएको हो।



युवासंघ नेपालको मिसन नेक्स्ट इलेक्सेन तार्गेट न्यू जेनेरेशन–२०८० अन्तरर्गत ‘एक कमिटी एक रचनात्मक कार्य’ अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ नम्बर वडा कमिटीले टोल स्तरीय फुटबल प्रतियोगीताको आयोजना गरिएको युवासंघ नेपालका सुर्खेत अध्यक्ष बासु आचार्यले जानकारी दिए।

उनका अनुसार उक्त प्रतियोगीताका लागि १२ वटा टिमले भाग लिएका छन्।

प्रतियोगीताको शुभारम्भ एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेलबाटको प्रमुख आथित्यतामा भएको हो।

यस्तै, उक्त शुभारम्भ कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल सुर्खेतका अध्यक्ष बासु आचार्य, राष्ट्रिय युवा संघ नेपालकी केन्द्रीय कमिटी सदस्य यमुना नेपाली लगायतका नेताहरुको सहभागीता रहेको थियो।

 

तपाईको प्रतिक्रिया