यस्तो दाग देखिएमा बोक्सिले चुसेको भन्ने भ्रममा हुनुहुन्छ?

चेतन जैसी ।



कहिलेकाहिँ बिहान उठ्दा तपाईंको शरीरमा निलो दाग (धब्बा) देखिन्छ। यस्तो दागदब्बालाई हाम्रो नेपाली समाजमा बोक्सीले चुसेको (टोकेको) भन्ने गरिन्छ। खासगरेर महिलाको खुट्टा र पाखुरामा यस्तो दाग देखियो भने बोक्सीले चुसेको भन्ने विश्वास गरिन्छ। तर, यसमा कुनै सत्यता हुँदैन।

यदि तपाईंको शरीरमा पनि निलो दाग र धब्बा देखिन्छ भने सावधान भइहाल्नुहोस्। किनकि शरीरमा आउने कुनै पनि परिवर्तनले तपाईंको नराम्रो स्वास्थ्य अवस्थालाई संकेत गरिरहेको हुन्छ।

चिकित्सकहरुका अनुसार शरीरमा देखिने निलो दाग हाम्रो स्वास्थ्य अवस्था बिग्रन लानेको अवस्था हो। हेर्नुहोस् शरीरमा देखिने निलो दाग देखिनुका निम्न ८ कारणहरु छ्न।

१. छालामा चोट
आम रुपमा छालामा चोट लाग्दा यस्तो दागहरु देखिन्छ। कहिलेकाँही तपाईंको आफ्नै शरीरको भागले पनि अर्को भाग थिच्चिने अवस्था हुन्छ। यस्तै कुनै बस्तुसँग ठक्कर खाँदा पनि यस्तो चोट लाग्न सक्छ।

यसरी चोट लाग्दा शरीरका रक्त धमनिमा असर पुग्न जान्छ, जसका कारण शरीरमा निलो दाग देखिन्छ।

२. खानामा पोषण तत्वको कमि
रगत जम्न र रगतका धमिनिमा लाग्ने चोटहरु भर्नका लागि हाम्रो शरीरलाई केही भिटामिन र मिनरलको महत्वपूर्ण भूमिका हुन्छ। यसकारण तपाईंले खानामा यस्तो भिटामिन र मिनरल प्राप्त हुने चिजहरु समावेश गर्नुपर्ने हुन्छ।

जस्तै, भिटामिन ‘के’ले रगत जम्न मद्दत गर्छ भने भिटामिन ‘सी’ले त्वचा र रक्त धमनिमा चोट लाग्नबाट बचाउँछ। जिंक र आइरनजस्ता मिनरलले चोटलाई छिट्टै निको पार्न मद्दत गर्छन्।

३.क्यान्सर र किमोथेरापीका कारण
तपाईं क्यान्सरपीडित हो र नियमित किमोथेरापी गर्नुहुन्छ भने पनि शरीरमा निलो दाग देखिन्छ। यस्तो यसकारण हुन्छ कि किमोथेरापी गर्दा ब्लड प्लेट्सहरु धेरै तल आउने गर्छन्। ब्लड प्लेट्सहरु तल आउँदा शरीरमा निलो दाग देखिने गर्छ।

४.औषधी सेवनका कारण
केही औषधि र सप्लिमेन्ट्स प्रयोग गर्दा पनि शरीरमा निलो दाग देखिन सक्छ। वार्फरिन र एस्प्रिन जस्ता रगतलाई पातलो बनाउने औषधि सेवन गर्दा शरीरमा निलो दाग देखिन्छ। यस्तै, माछाको तेल, लसुन जस्ता केही प्राकृतिक सप्लिमेन्ट्सहरु अधिक सेवन गर्दा पनि शरीरमा निलो दाग देखिन्छ।

५.वंशाणुगत रोग हिमोफिलियाका कारण
वंशाणुगत रोग हिमोफिलियाका कारणले पनि शरीरमा निलो दाग देखिन्छ। यो रोगका कारण शरीरको बाहिरी भागमा रगत जम्ने समस्या हुन्छ।
यो रोग रगतमा थ्राम्बोप्लास्टिन नामक पदार्थको कमिका कारण हुन्छ।

६.बढ्दो उमेरका कारण
बढ्दो उमेर र बुढ्यौलीका कारणले पनि तपाईंको शरीरमा निलो दाग देखिन्छ। बढ्दो उमेरसँगै रगतका धमिनिहरु कमजोर हुने भएकाले बढ्यौलीका कारण शरीरमा निलो दाग देखिन्छ।

७.थ्रम्बोफिलियाको समस्याका कारण
थ्रम्बोफिलिया रगत जाम हुने एक प्रकारको समस्या हो। यसले रक्त प्रवाहमा असर पुर्याउने गर्छ। यसलाई ब्लिडिङ डिसअर्डर पनि भनिन्छ। जसका कारण ब्लड प्लेट्सहरु धेरै कम हुन्छ। ब्लड प्लेट कम हुँदा शरीरमा निलो दाग देखिन्छ।

८.वोन विलिब्रान्ड रोगका कारण
वोन विलिब्रान्ड रोग एक यस्तो अवस्था हो। जसमा अत्यधिक र विस्तारित मात्रामा रक्तश्राव हुने गर्छ। यो रोग वोन विलिब्रान्ड नामक प्रोटिनको स्तरमा रगतको कमिका कारण लाग्ने गर्छ। यो समस्याबाट पीडित व्यक्तिको शरीरमा सामान्य चोट लाग्दा पनि शरीरमा ठूला निलडाम देखिने गर्छ यस्तो देखिनै बितिकै आफ्नो स्वास्थ्य चेकजाँच गर्न जानुपर्छ।

तपाईको प्रतिक्रिया