सुर्खेत । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर पुनः गएको भूकम्पका कारण दैलेखको ठाँटीकाँध गाउँपालिकाको एक घरमा क्षति भएको छ।
गाउँपालिका–४ गैरागाउँका टिकाराम वि.कको घर भत्किएको हो।


कार्तिक १७ गते सोही ठाउँ भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पकै पुन सोमबार बेलुका ४ः३४ बजेको समयमा ५.८ रेक्टर स्केलको पराकम्पन गएको थियो।

उक्त पराकम्पनबाट टिकारामको तीन तले खच्ची घरको आधा भाग झरेको छ।
उक्त भूकम्पबाट मानवीय क्षति नभए पनि घरभित्र रहेको अन्नपात भाँडाकुँडा, लत्ता कपडा सबै पुरिएका टिकारामका भतिजा नाता पर्ने डेकेन्द्र वि.कले जानकारी दिए।

नेपाल कर्म । २१ कार्तिक २०८०, मंगलवार ०९:५४