सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशका तीन जना पत्रकारलाई पुरस्कृत गरेको छ। सोमबार गणतन्त्र दिवसको अवसरमा सरकारलाई तीन जना पत्रकारलाई सम्मान गरेको हो।
पुरस्कृत पत्रकाहरुमा सुर्खेत ललितबहादुर बुढा, चाँदनी कठायत र सल्यानकी सरिता चलाउने रहेकिछन्। उनिहरु तीनै जना पत्रकारहरुलाई ‘प्रादेशिक पत्रकारिता पुरस्कार–२०७९’ बाट सम्मानित गरिएको हो।



पत्रकारिता क्षेत्रमा निरन्तर क्रियाशिल रहेर व्यवसायिक पत्रकारिताका माध्यमबाट कर्णाली प्रदेशको विकास र समृद्धि तथा जनतालाई सुसूचित गर्न पु¥याएको महत्वपूर्ण योगदानको उच्च मूल्याङकन गर्दै ‘कर्णाली प्रदेश पत्रकारिता पुरस्कार वितरण कार्यविधि, २०७९’ बमोजिम तीनै जनालाई पुरस्कार प्रदान गरिएको हो।
तीनै जनालाई ५० हजार राशिको पुरस्कार सहित प्रमाण–पत्र कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले प्रदान गरेका थिए।

नेपाल कर्म । १५ जेष्ठ २०८०, सोमबार १३:५०