सुर्खेत । जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर फेरि भूकम्प गएको छ । उक्त भुकम्पका कारण जाजरकोट रिम्ना–खलंगा सडक खण्ड अवरुद्ध भएको छ । प्रहरीका अनुसार सडक खुलाउने कार्य भइ रहेको छ । सडक अवरुद्ध हुँदा कर्णालीका पर्यटन मन्त्री र सामाजिक विकास मन्त्री रोकिएका छन् । यस्तै, राहत पुर्याएर फर्किएका र गईरहेका सवारी पनि रोकिएका छन ।

सोमबार अपराह्न ४ बजेर ३१ मिनेटमा रामीडाँडालाई केन्द्रविन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का जाजरकोट, रुकुम पश्चिमलगायत आसपासका जिल्लामा महसुस गरिएको छ ।


यसअघि शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी १५३ जनाको मृत्यु भएको थियो ।

नेपाल कर्म । २० कार्तिक २०८०, सोमबार १८:०२