सुर्खेत । संयुक्त यातायात सुर्खेत कमिटिले भूकम्प प्रभावितलाई पाँच लाख बराबरको खाद्यान्न दिने भएको छ।
मध्यपश्चिम यातायात सेवा सुर्खेत प्रा.लिका अध्यक्ष विष्णुबहादुर खड्काको अध्यक्षमा शनिबार बसेको बैठकले उक्त सहयोग गर्ने निर्णय गरेको हो।
प्रा.लिले पाँच लाख बराबरको खाद्या तथा दैनिक उपभोग्य सामानहरु सुर्खेत स्थित संयुक्त यातायात संचालन कमिटिबाट उपलब्ध गराउने निर्णय गरेको छ।


साथै भूकम्पमा परि घाइते तथा उनिहरुका कुरुवा र मृतकका आफन्तलाई सुर्खेतदेखि जाजरकोट र रुकुमपश्चिमसम्म जाने र आउने व्यवस्था मिलाउने पनि निर्णय गरेको छ।

नेपाल कर्म । १९ कार्तिक २०८०, आईतवार १९:४९