सुर्खेत । इजरायलमा मृत्यु भएकामध्ये तीन जना नेपाली विद्यार्थीको शव सुर्खेत ल्याइएको छ।
सल्यानको शारदा नगरपालिका–३ का प्रवेश भण्डारी, आर्दश गाउँपालिका–५ साविकको लामिखाल गाविस–८ का पदम थापा र डोटीकै शिखर नगरपालिका–६ का राजन फुलाराको शव सुर्खेत ल्याइएको हो।


काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टरमार्फत् तीन शव सुर्खेत पठाइएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

सुर्खेतबाट भण्डारीको शव दाङ, थापा र फुलाराको शव डोटीमा हेलिकप्टरबाटै लगिनेछ। इजराइलमा पढ्न गएका नेपाली विद्यार्थीको हमासको आक्रमणमा परेर मृत्यु भएको थियो।
यसअघि बझाङको जयपृथ्वी–६ का गणेशकुमार नेपाली, दार्चुला मालिकार्जaन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, धनुषा सापही–६ का आनन्द शाह, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार र कैलाली बौनियाँ–३ का आशीष चौधरीको शव नेपाल ल्याएर परिवारलाई बुझाइएको थियो।
गत असोज २० गते हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो।

नेपाल कर्म । १९ कार्तिक २०८०, आईतवार १५:२६