सुर्खेत । लोपोन्मुख फिरन्त जातीको रूपमा रहेको राउटे समुदायका महामुखिया महिनबहादुर शाहीको निधन भएको छ।
दैलेखको गुराँस गाउँपालिकाले प्रदान गरेको परिचय पत्रमा ९ भदौ २०१४ जन्ममिति भएका शाहीको आज बिहान ६६ वर्षकाे उमेरमा शाहीको निधन भएको हो।
शाहीको राउटे परम्परा अनुसार अन्तिम दाहसंस्कारसमेत गरिएको छ। महामुखिया शाहीकी पत्नी दुनी शाही र दुई बुहारीहरू सुरमान र सुन्दरी शाही रहेका छन्।

महामुखिया शाहीका छोरा नारायण शाहीको केही समयअघि आगोमा जलेर निधन भएको थियो।

नारायणको काठमाडौंमा उपचारको क्रममा निधन भएको हो। त्यसअघि उनका अर्का छोरा शिवराज शाहीको पनि लडेर निधन भएको थियो।
१ सय ४२ जनाको जनसंख्या रहेको यो समुदायमा महामुखियाको निधन भएसँगै जनसंख्या १४१ मा झरेकाे छ।
फिरन्ते जीवनयापन गर्दै आएका उनीहरूको हाल भैरवी गाउँपालिका–३ छामघाट खोला नजिकै बसोबास छ। उनीहरू पाँच दिन अघिमात्रै बसाइ सरेका थिए।

नेपाल कर्म । १९ कार्तिक २०८०, आईतवार १४:५७