काठमाडौँ । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा नेपाल र ओमानबीचको खेल सुपर ओभरमा पुगेको छ।
नेपालले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८४ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो।

नेपालका लागि सन्दीप लामिछाने र करण केसीले समान २ विकेट लिए। विवेक यादव, अविनास बोहोरा, गुल्सन झा र सोमपाल कामीले समान १ विकेट लिए।


नेपाल कर्म । १९ कार्तिक २०८०, आईतवार १४:२६