गणतन्त्रको विकल्प राजतन्त्र हैन् समाजवाद हुनसक्छ : मुख्यमन्त्री शर्मा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले गणतन्त्रको विकल्प राजतन्त्र नभएर समाजवाद हुनसक्ने बताएका छन्। साेमबार कर्णाली सरकारकाे आयोजनामा भएको १६ औँ गणतन्त्र दिवसको अवसरमा बाेल्दै मुख्यमन्त्री शर्माले यस्ताे बताएका हुन्।



कार्यक्रममा बाेल्दै मुख्यमन्त्री शर्माले फेरि संकल्प र एकता चाहिएकाेले यसकाे पूरा भएको अवस्थामा मात्रै गणतन्त्र दिवसको मनाउनुकाे सार्थकता रहने बताए।

पुर्वराजालाई लक्षित शर्माले गणतन्त्रमाथि धावा बाेल्नहरुलाई डाँडाे कटाउन नपराेस भन्दै चेतावनी दिए।

उनले भने, `म भन्न चाहन्छु गणतन्त्रकाे विकल्प राजतन्त्र हालिन् समाजवाद हुन् सक्छ। देशमा आइपर्ने संकटमा देशका राजनीतिक दलहरु एक ठाउँमा हुने गरेका छन्। याे व्यवस्था दशकाैं लामा संघर्षकाे जगबाट आएकाले हाे, डाँडाे कटाउन नपराेस्। जनतालाई जिस्काउने काम कसैले नगराेस्।´

तपाईको प्रतिक्रिया