जुम्लामा अटाेरिक्सा दुर्घटनाहुँदा दुई जनाकाे मृत्यु

सुर्खेत । जुम्लामा अटाे रिक्सा दुर्घटनाहुँदा दुई जनाकाे मृत्युु भएको छ। गएराती जुम्ला सदरमुकाम खलंगाबाट देयार गाउँतर्फ जाँदै गरेकाे अटाे रिक्सा हिमा गाउँपालिका-१ बड्कीमा दुर्घटना भएको हाे।



मृत्यु हुनेमा हिमा गाउँपालिका-१ का चालक ४५ वर्षीय पदमबहादुर शाही र साेही ठाउँ बस्ने ४२ वर्षीय बली रोकायकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएकाे छ।

दुर्घटनामा हिमा गाउपालिका-१ देयारगाउँ बस्ने ४१ वर्षीय नन्द रोकाय गम्भीर घाइते छन। उनकाे कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा उपचार भईरहेकाे छ। भे १ ह ३१९७ नम्बरको अटो सडकबाट अन्दाजी १५० मिटर तल हिमा नदीको किनारामा खसेकाे छ।

तपाईको प्रतिक्रिया