राष्ट्रिय युवा संघ सुर्खेतले थाल्यो भूकम्पका घाइतेलाई स्वयंसेवक सेवा

सुर्खेत । राष्ट्रिय युवा संघ सुर्खेतले भूकम्पमा घाइतेहरुको उपचारमा सघाउनका लागि स्वंयसेवक कामको थालनी गरेको छ।



शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएको भूकम्पबाट जाजरकोट र रुकुमपश्चिममा घाइते भएकाहरुकाहरु मध्ये करिब २६ जनाको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ।

उक्त घाइतेहरु र उनका कुरुवालाई आवश्यक पर्ने खाना÷नास्तासहित अन्य संयोगका लागि युवासंघ जुटेको छ।

शनिबार बिहानैदेखि स्वयंसेवामा खटियको संघले आफन्त नभएका उपचाररत घाइतेहरुलाई विभिन्न माध्यमद्वारा सहयोग गरिरहेको संघका सुर्खेत अध्यक्ष बासु आचार्यले जानकारी दिए।

उनका अनुसार बिरामी कुरुवालाई संघको अनुरोधमा वीरेन्द्रनगर नगरपालिकाले खाजा, खाना तथा पानिको लागि सहयोग गरिरहेको छ भने रगत को कमि नहोस भनेर रगत संकलन समेत गरिएको छ।

साथै घाइतेहरुको अवस्था सामान्य नहुन्जेलसम्म निरन्तर रुपमा युवा संघले स्वंयसेवकको भूमिका निर्वाह गर्ने उनको भनाइ रहेको छ।

तपाईको प्रतिक्रिया