सुर्खेत । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परि मृत्यु हुनेप्रति कर्णाली प्रदेशका पूर्वअर्थमन्त्री तथा प्रदेशसभा सदस्य विनोदकुमार शाहले दुःख व्यक्त गरेका छन्।
शनिबार एक विज्ञप्ति निकाल्दै सांसद शाहले मृतकप्रति दुख व्यक्त गरेका हुन्।
उनले भनेका छन्, ‘शुक्रबार राती ११ः४७ बजेको समयमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट जाजरकोट र रुकुमपश्चि जिल्लामा भएको ठुलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दछु। उक्त भूकम्पमा परि ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा परिवारजन प्रति गहिरो संमवेदनाका साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।’


साथै सांसद शाहले घाइतेहरुको यथाशीघ्र उद्धार गरि उनिहरुको उपचारका लागि केन्द्र, प्रदेश तथा स्थानीय सरकारसँग जोडदार माग गरेका छन्।


नेपाल कर्म । १८ कार्तिक २०८०, शनिबार १४:५४